लन्डन उत्रिए प्रतिनिधिसभाका ४ जना सांसद

  • शिव भण्डारी

लन्डन- प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत  समितिका ४ जना सांसद लन्डन भ्रमणमा आएका छन् । समिति सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको नेपाली सांसदहरुको प्रतिनिधिमण्डल लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएको हो ।

प्रतिनिधिमण्डलमा समिति सभापति सुवेदीसहित सांसदहरु घनश्याम खतिवडा, राजबहादुर बुढा, राधा ज्ञवाली र समितिका सचिव उदय भण्डारी छन् । जलवायु परिवर्तन, वातावरण संरक्षणलगायतका विषयमा बेलायतको विल्टन पार्कमा आयोजित ग्रिन संसदमा भाग लिन पाँच जनाको टोली लन्डन आइपुगेको समिति सदस्य सांसद घनश्याम खतिवडाले जानकारी दिए ।

ग्रीन संसदको कार्यक्रम सकिएलगत्तै सांसदहरुलाई बेलायतका विभिन्न स्थानमा हुने कार्यक्रममा स्वागत र सम्मान गर्ने कार्यक्रम छ । बेलायतस्थित नेपाली दूतावासले सांसदहरुको स्वागतमा भेटघाट कार्यक्रम गर्ने तयारी गरेको छ ।

बेलायतस्थित प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पनि सांसदहरुको बेलायत आगमनलाई स्वागत गर्दै कार्यक्रम गर्ने तयारी भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *