पत्रकार बुद्ध लोप्चनलाई ज्यान मार्ने धम्की

काभ्रे, चैत्र २९ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा पुगी अलपत्र परेका युवाहरुका बारेमा समाचार लेखेको आरोपमा काभ्रेमा पत्रकार बुद्ध लोप्चनलाई वाइसिएलको नाममा केही व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् ।

एक महिनाअघि मलेसियामा रहेका दुई कम्पनीमा बिचल्लीमा परेका युवाका समस्याबारे समाचार लेखेको भन्दै लोप्चनलाई ज्यान मार्ने धम्की दिइएको हो ।

सिजनल मेनपावरमार्फत मलेसिया गई पोट केल्याङमा बिचल्लीमा रहेका युवाका बारेमा समाचार किन लेखिस् भन्दै लोप्चनलाई बुधबार रातिदेखि बारम्बार वाईसिएलको नाममा धम्की आएको पीडित पत्रकारले बताए ।

यसप्रति नेपाल पत्रकार महासंघ काभ्रे शाखा, प्रेस युनियन, पे्रस चौतारीले भत्र्सना गरेका छन् । लोप्चन कमाण्डर पोष्ट दैनिकका काभ्रे संवाददाता हुन् ।