नेपाली क्रिकेट खेलाडीको लन्डनमा भव्य स्वागत

b2तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । १९ जुलाइमा लर्डस मैदानमा खेल्नका लागि नेपाली क्रिकेटरहरुको टोली साढे ६ बजे टर्मिनल फोरमा आउने निर्धारित समय थियो । अध्यागमन जांचले गर्दा करिब २ घण्टा ढिला भयो खेलाडी निस्किन । paras

खेलाडीलाई स्वागत गर्न नेपाली दूतावासबाट थर्ड सेक्रेटरी बाबुकाजी डंगोल सहितको टिम, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, समाजसेवी इन्जिनियर राजकुमार त्रिपाठी नर्सिङ एसोसिएसन यूकेका महासचिव विनोद बिकास सिम्खडा,  र अन्य शुभचिन्तकहरु पनि विमानस्थलमा खेलाडी आगमनको प्रतिक्षामा थिए । खेलाडीहरु निस्कने क्रम शुरु भयो ।

दूतावासका थर्ड सेक्रेटरी डंगोल र अन्य शुभचिन्तकले खेलाडीलाई खादाले सम्मान गर्न थाले । त्यहां धेरै बेर बस्न सम्भव थिएन । विस्तारै नेपाली टिम कोच भएतिर लाग्यो । थकित देखिने खेलाडीहरु कोचमा बसेपछि माहोल अन्यत्रै मोडियो । खेलाडीलाई खाना ख्वाउन कतै लान खोजिरहेका थिए, दूतावासका प्रतिनिधि र सञ्चारकर्मीलाई छक्याएर ।

दूतावास कर्मचारी भने खेलाडीको सम्मान राज्यको दायित्व हो भनेर बास बस्ने होटलसम्म गएर उनीहरुसंग छुटट्नि चाहन्थे । सञ्चारकर्मीहरु पनि खेलाडीसंग केही सोध्न लालयित थिए । अन्त्यमा सबैजना भेन्यू फाइभ रेष्टुरेन्ट जाने कुरा सुनियो । खेलाडीहरु कोचमा गए भने दूतावासका प्रतिनिधि आफ्नै कारमा । भेन्यू फाइभ पुगेपछि यहां त २० जनालाई मात्र बुक गरेको छ भनेर दूतावास प्रतिनिधि र पत्रकारलाई ठाउं नभएको बताए । यस्तो अपमान कसैलाई सह्य हुने कुरै भएन ।

एउटा सामान्य व्यक्तिले दूतावासलाई नै वाइपास गरेपछि थर्ड सेक्रेटरी डंगोल, कृष्ण शर्मा र अन्य उपस्थित सबै आक्रोशित भए । उनीहरु अब रेष्टुरेन्टमा नबस्ने निधो गरेर बाहिरिन खोज्दा डिनर प्रायोजन गरेका एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमिल्सिनाले सम्झाएर उनीहरुलाई फर्काए । खेलाडी भन्दा फरक टेबुलमा बस्ने खाने व्यवस्था मिलाएपछि वातावरण केही शान्त भयो । पत्रकार र दूतावासका प्रतिनिधिले फेरि सोधखोज गरे पछि भेन्यू फाइभमा करिब ८ बजे मात्र टेबुल बुक भएको सुनियो आखिर किन ? paras1

 

खेल दूतावासको संयोजनमा गर्ने निर्णयपछि कयौं पटक बैठक बस्यो, माइनुट भयो । दूतावासमा नेपाली संघसंस्थालाई बोलाएर धेरै सभा गरियो । भर्खर नेपाल फर्किएका कार्यवहाक राजदूतले कयौं पटक एमसीसीसंग बैठक राखेका थिए । क्यानसंग दूतावासको नियमित सम्पर्क थियो । दूतावासमै विभिन्न आयोजक समिति बनाइयो ।

‘हामीले लर्डसमा खेल्न पाउनुलाई ठूलो अवसरका रुपमा लिएका छौं’, कप्तान खड्काले लन्डन ओर्लिएपछि भने, ‘लर्डसमा खेल्छु भनेर सजिलै खेल्न सकिने ठाउं पनि होइन । यस्तो प्लेटफर्मबाट विश्वसामु नेपाललाई चिनाउने फेरि ठूलो अवसर आएको छ । हामी आत्मविश्वासका साथ खेल्ने छौं !’ उनले लर्डस आएर इभेन्ट हेर्न अनि खेलाडीको हौसला बढाइदिन बेलायतवासी सबै नेपालीमा आग्रह समेत गरेका छन् ।