लन्डन– अमेरिकामा हुने एक तेक्वान्दो प्रतियोगिताका लागिफार्नबोरोमा च्यारिटी कार्यक्रम हुने भएको छ ।
आगामी सेप्टेम्बरमा अमेरिकाको पोर्टल्याण्डमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि यूकेबाट जाने खेलाडीको हौसला र तयारीका लागि एनआरएनए यूकेले सहयोग गर्न च्यारिटी कार्यक्रम आयोजना गरेको प्रकाशन तथा प्रचारप्रसार विभाग प्रमुख खुशी लिम्बूले जानकारी दिए ।
एनआरएनए यूकेका उपाध्यक्ष एवं खेलकुद संयोजक राष्ट्र राईले मार्च २६ मा प्लमस्टेडमा बसेको कार्यसमितिको पाँचौं बैठकमा अनुरोधसहितको प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो ।
सोही उद्देश्यका लागि कोष संकलन गर्न उपाध्यक्ष राष्ट्रद्वारा सञ्चालित सगरमाथा ताइ क्वोन दो डोजाङले जेन मार्शल आर्ट एकेडेमीको साथ लिएर जुलाई २४ तारिखमा फार्नबोरोको पुरानो ओक फाम कम्युनिटी स्कूलमा च्यारिटी डिनरको आयोजना गरेको लिम्बूले बताए ।
कार्यक्रमलाई सहयोग गर्न सम्पूर्ण एनआरएन यूकेका सदस्यहरु, कार्यसमितिका सदस्यहरु, आईसीसी सदस्यहरु, एनआरएनए यूकेका सल्लाहकारहरु, एनआरएनए आईसीसीका सल्लाहकारहरु र बेलायतस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई च्यारिटी डिनरमा सहभागी हुन र आर्थिक अवस्थाअनुसार सहयोग गर्न अपिल गरिएको छ।
अन्य बिस्तृत जानकारीको लागि सम्पर्क :अध्यक्ष मुछेत्र गुरुड. 07900553185 उपाध्यक्ष एवं खेलकुद संयोजक राष्ट्रराई 07988636941






