पोखरा : उपप्रधान एवम् परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिमा अस्थिरता ल्याउने गरी फोहरी खेल नखेल्न राजनीतिक दलसँग आग्रह गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीको तेस्रो जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले भने- ‘जो सरकारमा आउन चाहनुहुन्छ आउनुहोस् सबै मिलेर देश बनाऔँ।‘ राजनीतिक परिवर्तन भइसकेपछि देशमा आर्थिक समृद्धि र विकास भएमा मात्रै जनताको अनुहारमा खुसीयाली देख्न सकिने उनको भनाई थियो।
बहुदलीय प्रजातन्त्रको व्यवस्थाको आगमनपछि २५ वर्षको समयावधिमा २३ वटा सरकार गठन भएको स्मरण गराउँदै उपप्रधानमन्त्री थापाले प्रश्न गरे- एक/एक वर्षमा प्रधानमन्त्री फेर्दै गयौँ भने देश र दुनियाँमा के सन्देश जान्छ?’ स्थानीय निकाय पुनःसंरचना आयोगले भदौभित्रै प्रतिवेदन दिन सक्यो भने मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन सजिलैसँग गर्न सकिने उनले बताए।
सरकारले सबै राजनीतिक दलसँग सहमति कायम गरेरमात्रै चुनावको मिति घोषणा गर्ने उनले बताए।






