एनआरएन यूकेको च्यारिटी कार्यक्रम सम्पन्न

Ambulence-Charity-photo-4-768x576लन्डन,गैर-आवासीय नेपाली संघ यूकेले लण्डनको ह्यारोस्थित गोल्डन सिप रेस्टुरेण्टमा एक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ ।

त्रिभुवन राजमार्ग र पृथ्वी राजमार्गमा हुने दुर्घटनाहरुमा घाइतेलाई प्राथमिक उपचार गरेर अस्पताल पुर्‍याउने अभियानमा राजमार्ग विपत्ति उद्धार समाजलाई र मितेरी टेलिमेडिसिन सर्भिस मुगुद्वारा सञ्चालित स्वास्थ्य परामर्श सेवालाई समेत सहयोग गर्न च्यारिटी आयोजना गरिएको एनआरएन यूकेका प्रवक्ता खुशी लिम्बूले जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यसमितिका धेरैजसो सदस्यहरु र एनआरएन यूकेका सल्लाहकारहरुको उपस्थिति थियो । त्यस्तै गरी एनआरएनए यूरोप संयोजक कुल आचार्य र एनआरएनए होल्याण्डका अध्यक्ष हिमाल राईको पनि उपस्थिति थियो ।