तीन वर्षभित्र सबैका घरमा पानीको धारा !

Tapकाठमाडौं–खानेपानी तथा सरसफाइ मन्त्रालयले ३ वर्षभित्र प्रत्येक व्यक्तिको घरमा खानेपानीको धारा पुर्याउने दाबी गरेको छ । आधारभूत स्तरको खानेपानी संरचना अनुसार ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

थोक वितरण प्रणाली, वर्षाको पानी संकलन गरी तथा जलासयबाट प्रत्येकको घरमा पानी पुर्याउने मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ भित्रै १२ लाख जनतालाई उक्त कार्यक्रमबाट प्रत्यक्ष लाभ पुर्याइने मन्त्रालयका प्रवक्ता शंकरप्रसाद सुवेदीले जानकारी दिए ।

‘विभिन्न विकल्पबाट अब घरघरमा खानेपानीको धारा जडान गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘त्यसैअनुसार कार्यक्रम बनाएका हौं ।’