सुरेश केडिया अपहरण प्रकरणमा सशस्त्रका इन्सपेक्टर निलम्वनमा

traffice-policeकाठमाडौं– उद्योगी सुरेश केडिया अपहरण प्रकरणमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक हेमराज न्यौपाने निलम्वनमा परेका छन् ।

उनी एक महिनाका लागि यस्तो निलम्वनमा परेको स्रोतले बतायो । प्रतिष्ठित उद्योगीको अपहरण हुँदासम्म सुरक्षा सर्तकता नपनाएको आरोप उनीमाथि लागेको छ । भारतीय मिडियाका अनुसार अपहरणमा परेका केडिया १० करोड भारतीय रुपैयाँ बुझाएर मुक्त भएका थिए ।

बाराको बरियारपुरबाट अपहरणमा परेका केडियालाई भारत पुर्‍याइएको थियो ।