नयाँ शक्तिको पार्टी घोषणा ३० गते, रंगशालामा सदस्यहरुलाई सामूहिक सपथग्रहण

baburam bhattaraiकाठमाडौं- नयाँ शक्ति नेपालले पार्टी घोषणासभा गर्ने भएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी सो अभियानका संयोजक डा. बाबुराम भट्टराईले जेठ ३० गते दशरथ रंगशालामा सदस्यहरुलाई सामूहिक सपथग्रहण गराएर पार्टी घोषणा गर्ने जानकारी दिए ।

जेठ ३१ र ३२ गते प्रज्ञाभवनमा बन्दसत्र हुने र बन्दसत्रबाट पार्टीको विधान प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा आर्थिक समृद्धिको कार्ययोजना पारित गर्ने बताइएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई पार्टीमा फर्कन गरेको आग्रहलाई उनले ‘उटपट्याङ’को संज्ञा दिए ।