काठमाडौँ- थरुहट तराई पार्टी नेपालले पार्टीका अध्यक्ष भानुराम थारु र सचिव मीनराज चौधरीलाई निष्कासन गरेको छ ।
थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले जारी गरेको विज्ञप्तिमा समितिको मर्म, भावना तथा आचारसंहिताविपरीत अवैध र अनधिकृत रुपमा थरुहट आन्दोलनविरुद्ध सङ्घीय गठबन्धनमा संलग्न भएका कारण निष्कासन गरिएको जनाइएको छ ।
समितिका संयोजक धनीराम चौधरीले हस्ताक्षर गरेको विज्ञप्तिमा थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिको निर्णयबिना आन्दोलनमा सहभागी भई पार्टीबारे भ्रम सिर्जना गरेकाले उनीहरुलाई निष्कासन गरिएको उल्लेख छ ।






