गुल्मी जिल्ला समाज यूकेले १२ लाख १० हजार पीडितकै गाउं पुगेर हस्तान्तरण

13177426_10153672663733105_4386971021331764551_n[1]

लण्डन । गुल्मीको वडागाउं गाविसमा लागेको आगलागीबाट पीडितहरुको लागि गुल्मी जिल्ला समाज यूकेले १२ लाख १० हजार रुपिया सहयोग गरेको छ ।

झण्डै तीन साताअघिको आगलागीबाट ९० भन्दा बढि घर जलेर नष्ट हुनुका साथै करोडौंको क्षति पुगेपछि समाजले जिल्लावासीको सहयोगका लागि बेलायतमा संकलन गरेको रकम आइतबार एक कार्यक्रमबीच पीडितकै गाउं पुगेर हस्तान्तरण गरिएको हो ।

वेलायतमा क्रियाशिल गुल्मी जिल्ला समाज युकेले बडागाउँको दजाकोट पुगेर स्थानिय अग्नी पिडित सहयोग संकलन समितिलाई एक समारोहका विच १२ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त रकम प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको रोहवरमा गुल्मी जिल्ला समाज युकेका प्रतिनिधी कृष्ण ढकाल, दुर्गा रानाले स्थानिय समितिलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी प्रमुख भोला रावल, गुरुगोरख गुल्मका गुल्मपति महेन्द्रकुमार पुन, आशा अपाङ्ग केन्द्रका अध्यक्ष जनार्दन घिमिरे सञ्चालिका गंगा रायमाझी,कोषाध्यक्ष तारा भुसाल,आशा अपाङ्ग केन्द्रका सञ्चालक समिति सदस्य गणेश श्रीपाली सहित ,पत्रकार घनश्याम गौतम, प्रेम सुनार, महिला तथा वालवालिका अधिकृत प्रतिभा पन्थी, महिला अधिकारकर्मी निर्मला केसी लगायतको सहभागीता थियो । कार्यक्रममा गुल्मी जिल्ला समाज युकेका प्रतिनिधी कृष्ण ढकालले समाजको तर्फबाट सम्पुर्ण अग्नी पिडितहरु प्रति सहानुभुती प्रकट गर्दै दजाकोट र माझागाउँका अग्नी पिडितहरुलाई केहि राहत पुराउन सकियोस् भन्ने उद्देश्यले समाजका सवै पदाधिकारी र सदस्यहरु सहयोग संकलनमा जुटेको बताएका थिए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी ढकालले अग्नी पिडित र सम्पुर्ण जिल्लावासीको तर्फकाट गुल्मी जिल्ला समाज युकेले गुल्मीका हरेक क्षेत्रमा गरेको सहयोग प्रति आभार प्रकट गरेका थिए । त्यस्तै स्थानियवासीको तर्फबाट त्यहाँका समाज सेवी हरिप्रसाद छन्त्यालले समाजका सकल परिवारप्रति कृतज्ञता जाहेर गरेका थिए ।
सहयोग रकममध्ये २ लाख १० हजार रुपिया अपांगता भएका स्थानीय आगलागीपीडितका लागि प्रदान गरिएको छ । आगलागीपीडितका लागि देश तथा विदेशबाट विभिन्न सहयोगहरु आइरहेका भएपनि गुल्मी समाज यूकेले गरेको सहयोग संस्थागत रुपमा गरिएको सबैभन्दा ठूलो राशीको सहयोग हो ।

यहि मे १ तारिखमा निर्वाचित समाजको नयां कार्यसमितिले आफनो पहिलो कार्यक्रमका रुपमा आगलागीपीडितका लागि सहयोग संकलन गरेको थियो । समाजका उपाध्यक्ष राजन खरेल र सदस्य मुना सापकोटाले सहयोग संकलनको संयोजन गरेका थिए भने संकलित कोष व्यवस्थापनका लागि उपाध्यक्ष टोप पल्ली र कोषाध्यक्ष तारानाथ भण्डारीले विशेष भुमिका निर्वाह गरेका थिए ।
आगलागीपीडितको सहयोगका लागि समाले अपील गरेपछि समाजका सल्लाहकार कार्यसमिति सदस्य, आजिवन तथा साधारण सदस्यसहित बेलायतबासी गुल्मेली तथा गैरगुल्मेली नेपालीहरुले आर्थिक सहयोग गरेका थिए । त्यसक्रममा क्षेत्री समाज बेलायतले ६ सय १२ पाउण्ड, केन्ट आसफोर्डको आमा समुहले ३ सय पाउण्ड र प्रथम नौमति बाजा गुल्मी यूके समुहले २ सय २५ पाउण्डको संस्थागत सहयोग प्रदान गरेको समाजका महासचिव शिव भण्डारीले जानकारी दिए ।

त्यस्तै सहयोग कोषका लागि समाजका सक्रिय सदस्य झपट भुजेले ९ सय ५१ पाउण्ड, कार्यसमिति सदस्य मुना सापकोटाले ६ सय २६ पाउण्ड, निवर्तमान उपाध्यक्ष विनोद ज्ञवाली तथा याक एण्ड यति रेष्टुरेन्ट समुहले ५ सय १ पाउण्ड तथा आसफोर्ड केन्टका भिम राकसले २ सय ४२ पाउण्ड रकम संकलन गरेका थिए ।

समाजका अध्यक्ष राम गलामीले आगलागी पीडितको लागि सहयोग प्रदान गर्ने अभियानमा सहयोग गर्ने बेलायतवासी गुल्मेलीसहित सहयोगदाता संघ संस्था तथा व्यक्तिहरुप्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गरेका छन ।

13239199_10153672663878105_399938680418823756_n[1]