कांग्रेस जिल्ला अधिवेशन अझै अनिश्चित

congresकाठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय अधिवेशनअघि नै सम्पन्न गरिसक्नुपर्ने केही जिल्लाको अधिवेशन अझै अनिश्चित बनेको छ ।

केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरी निर्वाचन हुन बाँकी रहेका सिरहा, धनुषा, महोत्तरी, सिन्धुपाल्चोक, पर्सालगायत जिल्लाको निर्वाचन प्राविधिक कारणवस अर्को निर्वाचन कार्यक्रम प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भन्नुभयो, “प्राविधिक कारणवस निर्वाचन रोकिए पनि यही जेठ मसान्तसम्म निर्वाचन गर्ने कोसिसमा छौँ ।”

केन्द्रीय महाधिवेशन सकिएको तीन महिना हुँदासमेत विविध कारणले रोकिएको ती जिल्लाको अधिवेशनको मिति अझै तय हुन नसेकेको हो । जिल्लाको आन्तरिक विवाद, अधिवेशन गर्ने स्थान, भौगोलिक कठिनाइ, ढिला गरेर सुरु भएको गाउँ, नगर र क्षेत्रीय अधिवेशनलगाय कारण देखाउँदै केन्द्रीय अधिवेशनअघि ती जिल्लाको अधिवेशन हुन सकेको थिएन ।