गोर्खा कपको तयारी तिब्र ,यस पटक सबैभन्दा आकर्षक पुरस्कार

GURKHA CUP

लन्डन । बेलायतवासी नेपालीहरुमा लोकप्रिय मानिएको गोर्खा कप क्वीन्स् एभिन्यू फुटबल मैदान अल्डरसटमा हुँदैछ।

आगामी २९ मे का दिन हुन लागेको १४ औं गोर्खा कपमा यस पटक सबैभन्दा आकर्षक पुरस्कार र अन्य आकर्षण रहने भएका छन् ।

यूकेमा हुने नेपालीको सबैभन्दा वृहत गोर्खा कप प्रतियोगितामा मुख्य टिम (नन भेट्रान) लाई पहिलो पुरस्कार दुई हजार पाउण्ड, दोश्रो (रनरअप) एकहजार पाउण्ड तथा भेट्रान टिममा पहिलो पुरस्कार एक हजार पाउण्ड, दोश्रो पुरस्कार ७ सय पाउण्ड साथै विजेता सबैलाई ट्रफी र सर्टिफिकेट दिइने आयोजक तमुधिं यूकेले जनाएको छ । दुबै क्याटेगोरिजका टिमको प्रवेश शुल्क २५० पाउण्ड तोकिएको छ ।

क्वीन्स् एभिन्यू फुटबल मैदान अल्डरसटमा हुने गोर्खा कपमा ब्रिगेड ब्याण्ड डिस्प्ले, खुकुरी डान्स, नेपाली कल्चरल नृत्य, प्यारा जम्प, १० रेष्टुरेन्टका स्टल, अन्य ५० औं च्यारिटी तथा व्यापारिक स्टल आदि आकर्षण हुनेछन् ।

गोर्खा कपको संयोजन यसपटक क्याप्टेन (रि) पिताम्बर गुरुङ र सह संयोजन लेफ्टिनेन्ट कुसाङ गुरुङ एवं कुमार गुरुङले गर्दैछन् ।

कार्यक्रममा २०० जना भिआइपी गेस्ट, समाजका अगुवा, बेलायती तथा नेपाली मिडियालाई निम्त्याइएको छ । नेपाली कला र संस्कृती झल्कउने झाँकीहरुको समेत प्रस्तुति रहने खेल १० हजारभन्दा बढी दर्शकले हेर्ने अनुमान लगाईएको छ । उक्त इभेन्टलाई नेपाली दूतावास, रसमुर बरो काउन्सिल, गैर आवासीय नेपाली संघ बेलायत, ब्रिगेड अफ गोर्खा र नेपाली समुदायले साथ दिएको छ ।