
काठमाडौं- भारतको छ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बलिउडका फिल्म कलाकारले भेट गरेका छन् ।
मुम्बईस्थित होटल ग्रान्ड हायातमा बलिउड फिल्म उद्योगका कलाकारहरु मनिषा कोइराला, गोविन्दा, मुरलीधर, उदितनारायण झा, तब्बु, बप्पी लहरी, बपीन अलीलगायतले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालका प्राकृतिक सौन्दर्यलाई चलचित्रका पर्दामा उतारेर फाइदा उठाउन सकिने बताए। उनले भने, ‘नेपालका हिमाल, झरना, नदीजस्ता रमणीय प्राकृतिक दृश्य फिल्ममा प्रयोग हुनसक्छ।’
प्रधानमन्त्री ओलीले नेपालमा ‘चलचित्र नगरी’ बनाउन तयारी थालिएको जानकारी दिँदै त्यसबाट फाइदा लिन बलिउडका कलाकारलाई सुझाव दिए। उनले भूकम्पपछिको राहत र उद्धार कार्यमा भारतीय कलाकारद्वारा प्रदत्त सहयोगप्रति कृतज्ञता पनि व्यक्त गरे। यसअघि प्रधानमन्त्री ओली मुम्बईका उद्योगीसँगको छलफल कार्यक्रममा सहभागी भएका थिए।






