यौन प्रकरणमा फसे फ्रान्सका उपसभामुख

Denis Baupinपेरिस- फ्रान्सको संसदका उपसभामुख डेनिस वाउपिनले यौन उत्पीडन गरेको आरोप लागेपछि सोमबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

वाउपिनमाथि चार जना महिलाले आफूलाई यौन अपराध गरेको दाबीका साथ अदालतमा मुद्दा दायर गरेपछि नैतिकताको आधार देखाई राजीनामा दिनुभएको हो ।

यद्यपि वाउपिनले आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आउनुभएको छ ।

यकोलोजिस्ट ईईएलभी पार्टीबाट उपसभामुख निर्वाचित बनेका वाउपिनले फ्रान्सकै आवास योजना मन्त्री इमान्युल कोजसँग विवाहित जीवन बिताउँदै आउनुभएको छ । रासस÷एएफपी