२७ पुस, काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल टेलिभिजनमा पत्रकारहरु भर्ना गर्ने प्रक्रिया निश्पक्ष र समावेशी नभएको भन्दै विरोध गरेको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गरी निश्पक्षता र समावेशीताको प्रत्याभूत हुने विधि, पक्रिया र परीक्षा प्रणाली अपनाउन ध्यानाकर्षण गराएको छ ।
सञ्चारमन्त्रीलाई यसअघि नै गराएको ध्यानाकर्षणको समेत वेवास्ता भएको भन्दै पत्रकार महासंघले योग्यता प्रणाली, निष्पक्षता र समावेशी सिछान्त विपरित परीक्षा भए प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।






