काठमाडौं- सरकारले नयाँ वर्ष २०७३ मा परेका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि शुक्रबार गृह मन्त्रालयले नेपाल राजपत्रमा बिदाको सूची प्रकाशन गरेको हो ।
विदा सूचीअनुसार नयाँ वर्षको बैशाख ४ गतेदेखि सार्वजनिक बिदा सुरु भएको छ । नयाँ वर्षदेखि वैशाख ११ मा मनाइने लोकतन्त्र दिवस भने हटेको छ ।
अब लोकतन्त्र दिवसलाई असोज ३ गते पर्ने संविधान स्थापना दिवसका दिन सार्वजनिक बिदा दिइएको छ । यसका साथै अन्य केही बिदाहरु पनि हेरफेर भएका छन् ।







