रसुवा, पुस २६– प्रहरीले सङ्कलन गरेको सवारी चालक इजाजत पत्रको परीक्षणबाट सयौँ चालक नक्कली भेटिएका छन् । प्रहरीको सार्वजनिक सुनुवाइ र जिविसको नागरिक सुनुवाइ कार्यक्रममा नेपाल प्रहरी रसुवाले सार्वजनिक गरेको कार्यक्रममा सय बढी सवारी चालक इजाजत अनुमतिपत्र अभिलेखमै नभेटिएको जिल्ला प्रहरी प्रमुख प्रवीण पोखरेले जानकारी दिए ।
पोखरेलका अनुसार रसुवा प्रवेश गरेका सवारी चालकको ट्राफिक प्रहरीमार्फत सङ्कलित ३६० थान सवारी चालक अनुमति प्रमाणपत्रको यातायात व्यवस्था विभागमा परीक्षण गराउँदा ११६ को नक्कली भएको देखिएको छ ।
यस्तै जिविसले गरेको नागरिक सुनुवाइमा सहभागीले पासाङ ल्हामु मार्गको सडकले छोएका जग्गा मालपोत कार्यालयले रोक्का राख्दा अंशबन्डा गर्न र बिक्री वितरण गर्नमा समस्या पर्नुको साथै बैंक वित्तीय संस्थामा धितो बन्धक राखी घरव्यवहार मिलाउन ऋण लिने कार्यमा समेत समस्या उत्पन्न भएकाले रोक्का फुकुवा गर्न माग राखेका थिए ।
सहभागीको प्रत्युत्तर दिँदै रसुवाका प्रजिअ उद्धवप्रसाद भट्टराईलेसडक बनिसकेको ठाउँको रेखाङ्कन गर्न सडक डिभिजन कार्यालयलाई आग्रह गरे । रासस






