आर्थिक विकास देशको प्रमुख प्राथमिकता : राष्ट्रपति

bidya devi bandariकाठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकास देशको प्रमुख प्राथमिकता भएको बताएकी छन् ।
राजधानीमा पाँचौ अन्तराष्ट्रिय व्यापार मेला-२०७२ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशले नयाँ संविधान पाइसकेको उल्लेख गर्दै अब सबैको ध्यान आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताएकी छन् । उनले देशमा संविधान निर्माण भएपछि विदेशी लगानी भित्राउन अनुकुल वातावरण बनेको भन्दै उनले

सरोकारवालाले यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।
उनले नाकाबन्दी बन्द तथा अड्तालले देशको अर्थतन्त्र कमजोर भएको भन्दै सुदृढ र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकेमात्र माथि उठ्न सकिने बताइन् ।
मेलाले देशभित्र रहेको व्यापार सम्भाव्यता, लाभका क्षेत्रको पहिचान, कृषि पर्यटनको विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेकी छन् । मेलाले नै देशको सीप र कलाको बारेमा अन्तराष्ट्रिय समुदायलाई जानकारी दिने बताइन् । मेलामार्फत उद्यमशीलताको विकास हुने र रोजगारी र व्यापार वृद्धिमा सहयोग पुग्ने उनको भनाई छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले हरेक वर्ष मेलाको स्तरबृद्धि गर्दै लगिएको बताए । मुरारकाले यो मेलाले नेपाल लगानीका लागि सुरक्षित गन्तव्य हो भन्ने कुराको विश्वास दिलाउने बताएका छन् । मेलाले व्यवसायिक सम्बन्ध बिस्तार र लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन् ।