दैनिक बिग्रन्छ त्रिभुवन विमानस्थलको ‘रन’वे !

काठमाडौं– काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो ‘रनवे’ विग्रने गरेको छ । दैनिक रनवे मा डिस्टर्व हुन थालेपछि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेपोटेसन नै खराब हुने चिन्ता बढ्न थालेको सरोकारवालाहरुले बताएका छन् ।

‘दैनिक तीन पटकसम्म रनवे डिस्टर्व हुन थालेको छ, यसले हामीलाई चिन्ता बढाएको छ ’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठकुरले बताए । उनले नेपालले विदेशी पर्यटक भित्र्याउन पर्यटन बर्ष मनाउने घोषणा गरेको अवस्थामा विमानस्थलको रनवे डिस्टर्व हुनु चिन्ताको विषय भएको बताए ।

ठाकुरले रनवे डिस्टर्व हुँदा जहाजहरु अनावाश्यक आकाशमा होल्ड गर्नुपर्ने, नियमित उडान तथा अवतरणमा समस्या हुँदा यात्रुहरुले सास्ती बहोर्नुपर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको विमानस्थलको रेपोटेसनमै धक्का लाग्ने खतरा बढेको बताए । रनवेको मर्मत सम्भार भइरहेकाले कहिलेकाँही डिस्टर्व हुने गरेको टिआएको सिभिल इन्जिनियरिङ विभागले जनाएको छ ।