पहिलो महिला प्रधानन्यायाधीश बन्दै कार्की

sushila-karki-05काठमाडौं- न्यायपरिषद्ले प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीको नाम संवैधानिक परिषदमा लैजाने निर्णय गरेको छ । उनी एक महिनापछि पहिलो महिला न्यायाधीश बन्दैछिन् ।

परिषदको आइतबार बसेको बैठकले कार्कीको नाम प्रस्ताव गर्ने निर्णय लिएको हो । परिषद्ले ११ न्यायाधीशको संसदीय सुनुवाइका लागि यसअघि भएको सिफारिस फिर्ता गर्ने सभामुख ओनसरी घर्तीको कदमबारे भने कुनै निर्णय गरेको छैन ।

न्याय परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री अग्नि खरेलले प्रधानन्यायाधीशका लागि एक महिना पहिले नै प्रस्ताव गर्नुपर्ने कानुनी प्रावधानअनुसार निर्णय भएको बताए । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उमेर हदका कारण अर्को महिना अवकाश पाउँदैछन् ।