सिन्धुपाल्चोक ।
जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले उपलब्ध गराएको सूचीअनुसार शव भेटिएका र बेपत्ता हुनेहरु निम्नानुसार छन् ।
१.छविलाल दोङ
२.सोमरानी दोङ
३.धनलक्ष्मी दोङ
४.शिरमाया दोङ
५.विवरानी दोङ
६.साहिँली दोङ
७.बिबी लक्ष्मी दोङ
८.सानुकान्छा दोङ
९.साङलामो दोङ
१०सोनाम दोङ
११.हिरा भक्ति दोङ
१२.जीते झाँक्री दोङ
१३.सानुकान्छी दोङ (गर्भवती)
१४.दिन्दुस दोङ
१५.सुरज दोङ
१६.करेसमाई दोङ
१७.च्यामा दोङ
१८.सानु दोङ
१९.टीकामाया दोङ
२०.छिरिङ दोङ
२१.मानबहादुर दोङ
२२.जयबहादुर दोङ
२३.प्रिया दोङ
२४.प्रीति दोङ
२५.कान्छी दोङ
२६.सानुकान्छी दोङ
२७.वाङ्ची लामा दोङ
२८.धनमाया तामाङ दोङ
२९.रेनिस दोङ
३०.मेकमाया दोङ
३१.मिलन दोङ
३२.विमला दोङ
३३.माइला पराङ
३४.प्रकाश दोङ
३५.साइली दोङ
३६.आयुश दोङ
३७.सुवास तामाङ
३८.टीकामाई दोङ






