काठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवशेनकालागि सभापतिदेखि सदस्यसम्म विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
पदाधिकारीमा तीन समुहसहित एक कोषाध्यक्षको उम्मेदवारी परेको छ ।
सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा सशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीको उम्मेदवारी परेको छ । पदाधिकारीमध्ये अन्य सबै समूहमा रहेका छन् भने कार्की एक्लैले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी मनोनयन दर्ताका लागि अपराह्न १२ बजेसम्मको समय रहेको थियो ।






