व्यापार अभिवृद्धिका लागि सहयोग गर्ने बेलायती राजदूतको वचन

nepal ukकाठमाडौँ- बेलायतले नेपालको व्यापार अभिवृद्धिका लागि सहयोग गर्ने बताएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको टोलीसँग नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले नेपालमा बेलायती व्यापारिक प्रतिनिधिमण्डललाई भ्रमण प्रबन्ध मिलाइने जानकारी दिनुभयो ।

चेम्बरका अध्यक्ष श्रेष्ठले व्यापारिक लगानीले दुई मुलुकबीचको सम्बन्धलाई थप उचाइमा लैजाने विश्वास व्यक्त गर्नुभयो ।