लन्डन- पूर्वघोषणाअनुसार बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणको मिति तय भएको छ ।
केन्जिङ्टन प्यालेसले बिहीबार विज्ञप्तिमार्फत भ्रमण मिति तय भएको औपचारिक जानकारी दिएको हो । विज्ञप्तीमा दिइएको जानकारी अनुसार ह्यारीले आगामी २० मार्च आइतबारदेखि २३ मार्च बुधवारसम्म नेपाल भ्रमण गर्ने भएका हुन् ।
विज्ञप्तीमा हृयारीको भ्रमण कार्यक्रमबारे पनि जानकारी दिइएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने छन् भने भूकम्पबाट प्रभावितहरुलाई भेटेर पुनर्निर्माणमा भइरहेका प्रयासहरु समेत बुझ्ने छन् ।
अफगानिस्तानमा गोर्खाहरुसँगै काम गरेका राजकुमार ह्यारीले पोखराको ब्रिटिस क्याम्प समेत भ्रमण गर्ने जनाइएको छ ।
ह्यारी राष्ट्रिय निकुन्ज र ट्रेकिङ जाने समेत तय भएको छ ।







