फ्रान्सको राजधानी पेरिस स्थित मेडियाको कार्यालयमा हमला भिडन्तमा १२ मारिएको जानकारी

francr ko news पेरिस,

 फ्रान्सको राजधानी पेरिस स्थित  आज अतिबादी, हमलाकारीले हमला गरेर कम्तिमा  १२ पत्रकारलाई मारिदिएका छन् । त्यसमध्ये दुई जना प्रहरी हुन् । प्रहरीहरू हमलाकारीसितको भिडन्तमा मारिएका हुन् । संभवत आक्रमण शुरु हुनासाथ मेडियाको कार्यालयले सुरक्षाकर्मीहरूलाई खबर गरेकाले तत्कालै मेडियाको कार्यालय पुगेका सुरक्षाकर्मीसित भिडन्त भएको हो । अन्य छ जना सिकिस्त छन् । कतिजना घाइते छन् भन्ने यकिन गरिएको छैन । चार्ली हेब्दोको कार्यालयमा हमला गर्न दुई जाना नकावधारीहरू हतियारसहित प्रबेश गरेको फ्रान्सेली मेडियाले जनाएका छन् । उनीहरूले ३० राउण्ड गोली हानेका थिए । त्यसमध्ये एक रकेट लन्चरसमेत लिएर गएको फ्रन्सेली सुरक्षाकर्मीहरूले जनाएका छन् । अहिले त्यहाँ ठूलो भगदौड भैरहेको छ । घटना स्थलमा सयौं सुरक्षाकर्मी तैनाथ छन् । हमला भएपछि आकाशबाट हेलिकप्टरबाट समेत हमलाकारीको खोजी गरेका थिए । यो घटनाको तिब्र भर्त्सना गर्दै फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँद घटनास्थल पुगेका छन् ।हतियारधारीहरू कसैलाईपनि पक्राउ नगरिएकाले फ्रान्सेली सरकारले समग्र इल द फँस क्षेत्र (अन्चल जस्तो) लाई उच्च सुरक्षा र सतर्कतमा राखेको घोषणा गरेको छ । हतियार धारीहरू कता पुगे भन्ने सुइँको पाउन सकिएको छैन् । अन्य क्षेत्रमा गएर फेरि हमला गर्न सक्ने त्रास फैलिएको छ । यो घटना सुन्नासाथ सारा फ्रान्सभरि आतंक फैलिएको छ ।