नेपाललाई थप दुई रजत, अहिलेसम्म ५ पदक

SAAG

काठमाडौं- १२ औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन नेपालले थप २ रजत पदक जितेको छ । उ

सुको थाउलोतर्फ नेपालले २ रजत पदक जितेको हो । नेपालको अहिलेसम्म ३ रजत र २ कास्यसहित पदक संख्या ५ पदक जितेको छ । यसअघि नेपालले भारत्तोलनमा एक रजत र एक काश्य तथा कुस्तीमा एक कास्य जितेको थियो ।

सिलोङ्गमा आज भएको खेलमा नेपालकी सुस्मिता तामाङ र विवेक सिञ्जालीले नेपालका लागि रजत पदक दिलाएका हुन् ।

नेपालकी सुस्मिताले ८ दशमलव ८२ अंक प्राप्त गर्दै रजत पदक दिलाएकी हुन् । यस स्पर्धामा श्रीलंकाले स्वर्ण र भारतले कास्य पदक जित्यो ।