फ्रान्स अन्तर्राष्ट्रिय विद्यार्थीको अध्ययनको तेस्रो रोजाइमा पर्ने मुलुक हो । विश्वका उत्कृष्ट शिक्षण संस्थाहरू फ्रान्समा रहेका छन् । क्याम्ब्रिज, हावर्ड, याले, प्रिस्टनजस्ता चर्चित विश्वविद्यालय फ्रान्समा छन् । फ्रान्समा अध्ययनका लागि फ्रेन्च भाषाको ज्ञान भए सरल जीवनयापन गर्न सकिन्छ । अंग्रेजी र फ्रेन्च भाषामा पनि अध्यापन हुने विश्वविद्यालयहरू छन् । कुनै एक भाषाको दखल भएमा भर्ना पाउन राम्रो आधार बन्छ । फ्रेन्च भाषामा दखल हुनेले धेरै विषय र विश्वविद्यालयमा आवेदन गर्न सक्छन् । फ्रान्समा अध्ययनका लागि फ्रेन्च भाषा अध्ययन गर्ने विद्यार्थीले कम्तीमा बी वान लेभलको श्रेणी उत्तीर्ण गरेमा विश्वविद्यालयमा आवेदन गर्न सक्नेछन् । बी टु, सी वान, सी टु लेभल उत्तीर्ण गर्ने विद्यार्थीको हकमा अझ बढी अवसर हुन्छ ।
केही विश्वविद्यालयमा अंग्रेजी माध्यमबाट अध्यापन गराइने भएकाले टोफेल आइइएलटिएसमा आवश्यक नम्बर प्राप्त गरी भर्ना आवेदन गर्न सकिन्छ । निजी शैक्षिक संस्थाहरूले अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरी बिजनेस, हस्पिटालिटी, आइटीलगायतका कोर्स अंग्रेजी माध्यमबाट प्रदान गर्दछन् । यस्ता शैक्षिक संस्थाको वार्षिक शैक्षिक शुल्क पाँच हजार युरोदेखि ११/१२ हजार युरोसम्म हुनसक्छ । सामान्यतया सेप्टेम्बरबाट कक्षा सुरु भई मेसम्म अध्यापन गराउने चलन छ । फ्रान्समा बाँकी तीनदेखि पाँच महिनासम्म इन्टर्नसिपको व्यवस्था गरिएको हुन्छ ।
फ्रान्सको पेरिस सहरमा अध्ययन गर्दा बसाइ खर्च महँगो पर्न जान्छ । युरो हजारदेखि १५ सयसम्म बसाइ खर्च हुनसक्छ । पेरिसबाहेक अरू महानगरमा क्रमश: थोरै सस्तो पर्छ । सेप्टेम्बरबाट कक्षा सञ्चालन हुने भएकाले विद्यार्थीले चार–पाँच महिनाअगावै भर्ना प्रक्रियामा संलग्न भई प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ । विद्यार्थीले भर्ना आवेदन प्रक्रियामा संलग्न भएपश्चात् सम्बन्धित शैक्षिक संस्थाबाट लेटर अफ एक्सेप्टेन्स जारी हुन्छ । भर्नाबापतको शैक्षिक शुल्क बुझाएर आवश्यक कागजात बैंकब्यालेन्स, आम्दानीका स्रोतलगायतका कागजात संलग्न गरी अन्तर्वार्ताका लागि समय लिनुपर्छ । त्यसपछि भिएसएफबाट सबै कागजात राहदानी र भिसाशुल्क बुझाएपछि सो डकुमेन्ट फ्रान्सेली दूतावास नयाँदिल्ली पठाइन्छ । करिब चारदेखि ६ हप्तामा भिसा प्राप्त गर्न सकिन्छ ।
यस्ता छन् विशेषता
अन्तर्राष्ट्रिय विद्यार्थीलाई वार्षिक ९ सय ८२ घन्टा पार्टटाइम कामको सुविधा छ ।
फ्रेन्च सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई बस्ने खर्चमा उमेरअनुसार ५०–७० प्रतिशत अनुदान दिने
व्यवस्था छ ।
स्नातक, स्नातकोत्तर वा अन्य डिग्रीको अध्ययन समाप्तिपछि एक वर्षको भिसा काम खोज्नका लागि प्रदान गर्ने गरेको छ ।
अध्ययनको संरचनामा व्यावहारिक शिक्षा भएकाले इन्टर्नसिप गर्नुपर्छ । सामान्यतया फ्रान्समा सबैखाले इन्टर्नसिप तलबसहितको सुविधामा गराइन्छ ।
राज्यले सञ्चालन गरेका विश्वविद्यालयमा भर्ना भएको अवस्थामा प्रतिसेमेस्टर एक सय ५० देखि नौ सय युरोको हाराहारीमा शैक्षिक शुल्क बुझाई अध्ययन गर्नसक्ने अवसर रहेको छ ।






