सन् १९९८ मा केन्या र तान्जानियाका अमेरिकाको दुतावासहरुमा भएको आक्रमणमा संलग्न भएको अभियोगमा अमेरिकाको न्यूयोर्कमा मुद्दा चलाउन लागीएका एक जना अभियुक्तको मृत्यु भएको छ । ५० वर्षे कथित अल कायदा नेता अबु अनास अल लिबीको मृत्यु भएको हो । श्रीमती र वकिलका अनुसार लिभर क्यान्सरले पीडित लिबीको अस्पतालमै मृत्यु भएको हो ।
अमेरिकी छापाका क्रममा उनलाई सन् २०१३ को ५ अक्टोबरमा लिबियाको राजधानी त्रिपोलीबाट पक्राउ गरेको थियो । केन्या र तान्जानियाका दुतावासहरुमा भएको आक्रमणमा दुई सय २० जनाको मृत्यु भएको थियो । त्यसमा उनी मुछिएका थिए । यही जनवरी १२ तारेख अदालतमा सुनुवाईका लागि उपस्थित गराउने तय भएको थियो ।
अमेरिकामा मुद्दा चलाउन लागिएका अभियुक्तको मृत्यु






