लन्डन– सोसाइटी अफ नेप्लिज इन्जिनियर्स युकेको आयोजनामा १८ फेब्रुअरी २०१७ मा नेपालको पूर्वाधार विकासबारे छलफल भएको छ ।
पूर्व उपप्रधान एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अबसरमा उहाँले कार्यक्रमलाई शुभकामना दिनुहुँदै बेलायतमा भएका विभिन्न इन्जिनियरहरुले हासिल गरेको बिस्शिस्ठतालाई नेपालको विकास र समुन्नतिका लागि, बेलायती ज्ञान र सीपलाई नेपालमा स्थानान्तरण गर्नु पर्ने बताउनुभयो । उहाँले बिदेशी भूमिमा धेरै नबसी दक्षता र सीप लिएर नेपाल फर्कन आह्वान गर्नुभयो ।
बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीले नेपाली राजदुताबास यसप्रकारका कार्यक्रमहरुको लागि सदैब सहयोगको हात बढाउन तयार रहेको बताउनुभयो । आफु पनि इञ्जिनियएरिङ्ग पृष्ठभूमिबाट कुटनैतिक क्षेत्रमा आएको उल्लेख गर्दै उहाँले विकासलाई प्रभावित बनाउने एस प्रकारका कार्यक्रमहरु राजदुता बासमै आयोजना गर्न सहयोग गर्ने बताउनु भयो ।
तीन चरणमा सम्पन्न कन्फरेन्स को प्राविधिक सत्रमा बेलायतमा रहेका विभिन्न क्षेत्र का ईन्जीनीयर हरुले आ आफ्नो कार्यपत्र पेश गर्नु भएको थियो ।
सोने युकेका सभापति घनश्याम पौड्यालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिब शैलेन्द्र काजी श्रेष्ठ ले गर्नु भएको थियो ।
उपस्थित सबैलाई स्वागत गर्दै कन्फरेन्स कमिटीका संयोजक डा. वीरेन्द्र श्रेष्ठले कन्फरेन्सका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा जनसम्पर्क समितिका सभापति लोक गुरुङ, एनआरएन इन्टरनेसनलका संस्थापक सचिव चिरन्जिवी ढकाल , स्पोन्सर प्रतिनिधिहरू गोर्खा ज्वेलरी र साउथ हेरो, भण्डारी ब्रदर्सको समेत सहभागिता थियो ।
टेक्निकल सत्रको सभापतित्व डा. विनोद लाल अमात्यले गर्नुभएको थियो ।
कि नोट वक्ताको रुपमा प्रोफेसर डा केशव दाहालले नेपालको सुचना र संचार प्रविधिमा भएका प्रगति र विश्वको बढ्दो प्रभावबाट नेपालले सिक्न सक्ने सम्भाव्यताका बारेमा बताउनुभयो ।
अन्त्यमा प्लेनरि सेसनमा सामुहिक छलफल र फीड ब्याक सम्बन्धि कार्यक्रमको सभापतित्व डा. रमेश मरासनीले गर्नु भएको थियो भने कार्यक्रमा सोने यूकेका पूर्वअध्यक्ष कृष्ण किशोर श्रेष्ठ लगायत वर्तमान पदाधिकारीहरुको उपस्थिति थियो ।
नेपालको सुचना र संचार प्रविधिले देशको आर्थिक बिकाशको क्षत्रमा पार्ने चुनौती र सम्भाव्यताका बारेमा हरि न्यौपाने , बजेटको परिधि भित्र प्रोजेक्ट समापनमा नेपालका प्रोजेक्टहरुको संचालनमा हुने स्थितिको विश्लेषणात्मक अध्ययनका बारे सचिदा चतुर्बेदी , ओपन नलेज नेटवर्क र एसको पूर्वाधार बिकाशको भूमिका का बारेमा अन्जनी फुयाल, नेपालको इनर्जी संकट र नबिकरणीय ऊर्जाबाट हुने शिघ्र समाधानका बारेमा स्वनजि युनिभर्सिटीमा पी एच डी रत रामहरि पौड्याल, हेल्थ एंड सेफ्टी ले कसरि मानवीय क्षति कम गर्न सकिञ्छ भन्ने बारे, राजकुमार त्रिपाठीले आफ्नो कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।
प्रश्नोत्तरसहित रोचक किसीमले भएको उक्त कार्यक्रमबाट निकालिएको प्राविधिक निचोडलाई देशको पूर्वाधार बिकाशमा सहयोग पुर्याउने उध्स्यले नेपाली राजदुतावास मार्फत नेपाल सरकारलाई पठाइने जानकारी संस्था का महासचिव शैलेन्द्र काजी श्रेष्ठले जानकारी गराउनुभयो ।
संस्थाका कार्यकारी सदस्य एवं मेम्बर मोभिलाइजेसन् कमिटीका संयोजक उमेश पराजुली र कोषाध्यक्ष विजय बज्राचार्यले कार्यक्रमको व्यबस्थापन गर्नुभएको थियो । त्यस्तै सदस्यहरू बेद भट्टराई, नारद भण्डारी र सरोज कोइराला ले कार्यक्रमको प्रस्तुति संकलनको जिम्मा लिनुभएको थियो ।






