लन्डनमा महतले भने, ‘उत्कृष्ट अर्थमन्त्रीको अवार्डले पुनर्निर्माण र आर्थिक समृद्धिमा काम गर्न थप प्रेरणा (भिडियो)

लन्डन- लन्डनस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली संघ, बेलायतले पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यमा एक अन्तरक्रिया कार्यक्रम गरेका छन् ।20 070

बेलायती आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द बैंकर पत्रिकाले प्रदान गरेको उत्कृष्ट अर्थमन्त्रीको अवार्ड ग्रहण गर्न आएका डा. महतसँग बुधवार साँझ दूतावास भवनमा कार्यक्रम भएको हो ।

उक्त अवसरमा महतले यो राष्ट्रिय सम्मान भएको प्रतिक्रिया दिए ।

‘मलाई यो सम्मान दिलाउन नेपाल सरकार, योजना आयोग, समकक्षी साथीहरु लगायत सबैको सहयोग प्राप्त भएको छ । उहाँहरु सबै बधाईका पात्र हुनुहुन्छ’, महतले भने, ‘यसले मलाई देशको पुनर्निर्माण र आर्थिक समृद्धिमा काम गर्न थप प्रेरित गरेको छ ।’
बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले डा महत  उत्कृष्ट अर्थमन्त्री हुनु देशकै गर्वको बिषय भएको भन्दै दूतावासको तर्फबाट बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा बेलायती सांसद वीरेन्द्र शर्माले बेलायतस्थित नेपाली समूदायसँग मिलेर काम गर्न आफु सधै उत्सुक रहेको बताउँदै बेलायतमा रहेका नेपालीहरु बिस्तारै बेलायती राजनीतिमा आउनु पर्नेमा जोड दिए ।

कार्यक्रम संयोजक एवं एनआरएनए युरोप संयोजक कुल आचार्यले महतको सम्मानले नेपाल र समस्त नेपालीले गौरव गर्ने अवसर सृजना भएको बताए । उनले एनआरएनहरु आफ्नो देशको विकासका लागि सधैं समर्पित रहेको उल्लेख गर्दै नेपाल सरकारले लगानीका लागि उचित वातावरण बनाइदिन आग्रह गरे ।

नेपालीमा हरेक कुरालाई नकारात्मक दृष्टिकोणबाट हेर्ने प्रवृत्ति बढेको टिप्पणी गर्दै आचार्यले सामाजिक सञ्जालमा केही गर्न खोज्नेलाई गाली गरेर निरुत्साहित नपार्न पनि आग्रह गरेका थिए ।20 035

सोही अवसरमा डा. महतलाई गैरआवासीय नेपाली संघका सल्लाहाकार विश्वआर्दश पण्डित, समाजसेवी राघव धिताल, कार्यक्रम संयोजक कुल आचार्यले खादा तथा पुष्पगुच्छाले स्वागत तथा सम्मान गरेका थिए । गैरआवासीय नेपाली सँघका महासचिब अर्जन कटुवाले संचालन गरेको कार्यक्रममा एनआरएन उपाध्यक्ष हिराधन राईले धन्यवाद मन्तब्य दिए ।

कार्यक्रममा बिभिन्न संघसँस्था तथा नेपाली कांग्रेस आबद्ध नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । गैरआवासीय नेपाली संघका सल्लाहाकार विश्वआर्दश पण्डित, प्रधानमन्त्रीका पूर्वसल्लाहाकार विजन पन्त, समाजसेवी डा राघव धिताल, तमुधीं यूकेका उपाध्यक्ष ज्ञाम गुरुङ, काउन्सिलर बिष्णु गुरुङ, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, जनसम्पर्कसमितिका नेताहरु बिजन भट्ट, महेश दाहाल, युवराज गुरुङ, राज पाठक, शान्ता लामिछाने सहभागी थिए ।

कार्यक्रमको अन्त्यमा सहभागहिरुले राखेका विभिन्न जिज्ञासाहरुको डा महतले जवाफ दिएका थिए ।12570994_10205572114491055_1434896777_n[1]20 03120 03320 06112472256_1548668852120496_7976212038251550500_n[1]