पूर्व अर्थमन्त्री महत लन्डन उत्रिए लगत्तै छलफलमा, आन्तरिक विवाद प्राथमिकतामा

लन्डन,

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत सोमबार बिहान ६:२० बजे लन्डन आइपुगेका छन् ।

बेलायती लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द 
बैंकरले प्रदान गर्न लागेको उत्कृष्ट अर्थमन्त्री अर्थात ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६ अवार्ड’ लिन उनी यहां आएका हुन् ।

बैंकरले उनलाई विनाशकारी भूकम्पपछि उद्दार र पुनर्निर्माणका लागि 
अन्तर्राष्ट्रिय सहायता जुटाउन महत्वपूर्ण योगदान गरेकामा सम्मान गरिएको जनाएको छ ।12584017_10205554996623119_1955412904_n[1]

महतसँग छलफल

पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतसँग लन्डनमा जनसम्पर्क समिति बेलायतका पदाधिकारी तथा सदस्यहरुले छलफल गरेका छन् ।

छलफलमा कांग्रेस विदेश विभाग सदस्य विज्ञान प्रसाईं, नेपाली जनसम्पर्क समिति, बेलायतका महासमिति सदस्य शान्ता विनोद लामिछाने, सल्लाहकार महेश दाहाल, उपसभापति विजन भट्ट एनआरएनए युरोप संयोजक कुल आचार्य सहितको टोलीले दूतावासमा छलफल गरेको छ ।

छलफल नेपाली कांग्रेसको अन्तरिक निती तथा कार्यक्रम र १३ औँ महाधिबेशनको बारेमा त्यसपछी बेलायतस्थित जनसम्पर्क समितिको आन्तरिक विषय र डा. महतले पाएको उत्कृष्ट अर्थमन्त्रीको विषयमा केन्द्रित थियो ।