लण्डन । बेलायतको वेल्स, नर्दन आयरल्याण्ड र इंग्ल्यान्डमा यहि मार्च २१ गते हुन गइरहेको जनगणनालाई मध्यनजर गरि गैरआवासीय नेपाली संघ एनआरएनएले जनगणना व्यवस्थापन मण्डल गठन गरेको छ ।
२८ फेब्रुवरी,आइतवारका दिन एनआरएनए यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेलको प्रमुख आथित्यमा वेल्स राज्य समन्वय परिषद्का अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा बसेको परिसदको बैठकले वेल्सभरि समेट्ने गरि वेल्स जनगणना व्यवस्थापन प्रतिनिधि मण्डल गठन गरेको हो ।
उक्त समितिमा नेपाली समाज वेल्स यूके, वेल्स गोर्खा कम्युनिटी कम्ब्रान, ब्रेकन नेपाली समाज, क्यानेथ्ली गोर्खा नेपाली समाज, कार्डिफ विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थी संगठन – कार्डिफ नेपाली सोसाईटी, स्वान्सि विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थी संगठन – स्वान्सि नेपाली सोसाईटी, नर्थ वेल्स, ब्रिजेण्ड र स्वान्सिलगायतका क्षेत्र समेट्दै एनआरएनए यूके राज्य समन्वय परिषद वेल्सका प्रतिनिधिहरु रहेका छन् ।
वेल्समा रहेका विभिन्न नेपाली संस्थाहरुको सक्रिय सहभागितामा वेल्सका सबै क्षेत्र समेटिने गरि प्रतिनिधि चयन गरिएको हो।
एनआरएनए यूके राज्य समन्वय परिसद वेल्सका अध्यक्ष कृष्ण प्रसाद भण्डारी सहित वेल्स जनगणना व्यवस्थापन प्रतिनिधि मण्डलमा मे. रि. गुप्तमान गुरुङ, मे.रि. खुसीमान गुरुङ एम.भी ओ., बद्रि योंग्या, अमृत घले, शोभा राणा पोखरेल, खिम क्षेत्री, बलराम अधिकारी, निरलाल मोक्तान, टंक राम राई, भिम सिरिस, अमर मल्ल, हिमाल गुरुङ, बुद्ध कुश, अमृत मादेन, कल्पना कन्दंवा, पदम पुन, भोज नारायण रेग्मी, उमेश थापा, दल बहादुर परियार, प्रणव खड्का, फरिदा तामाङ र प्रतिष कुइंकेल रहेका छन्।
वेल्स जनगणना व्यवस्थापन प्रतिनिधि मण्डलले वेल्सका सम्पूर्ण क्षेत्रमा रहेका नेपालीहरुमा जनगणना सम्बन्धि सचेतना जगाउनुका साथ साथै जनगणना सम्बन्धी आवश्यक कार्यहरुमा सहयोग एवं सहकार्य गर्नेछ।
त्यतिमात्रै होईन, वेल्स स्थित नेपाली संघ संस्थाहरुको सकृय सहभागिता एवं सहयोगमा वेल्समा बसोबासरत सम्पूर्ण नेपालीहरुको अभिलेख समेत निकाल्ने प्रयासमा राज्य समन्वय परिषद वेल्स रहेको छ।
जनगणना सम्बन्धि कुनैपनि जानकारी वा सहयोगको आवश्यकता परेमा आ आफ्नो क्षेत्रका संघसंस्थाका प्रतिनिधिहरु वा राज्य परिषद वेल्समा सिधै सम्पर्क सम्पर्क गर्न समेत परिषदले आग्रह गरेको छ ।






