ग्यास चुहिएर आगलागी हुँदा दुईको मृत्यु

(FOCUS)CHINA-TAIWAN-NEW TAIPEI-PARK FIRE(CN)भक्तपुर- खाना पकाउने ग्यास चुहिएर मध्यपुरथिमि नगरपालिका- १ लायकुमा एक जनाको मृत्यु भएको छ ।

गए राति आगलागी हुँदा ८८ वर्षीय कान्छा सिपाईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो । घरको तेस्रो तलामा बनाइएको कच्ची टहरामा रहेको भान्छा कोठामा ग्यास चुहिरहेको अवस्थामा सिपाईले ग्यास बालेलगत्तै आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

यसैबीच महोत्तरीको जलेश्वरमा २३ दिनअघि ग्यास चुहिएर पूरै जिउ जलेकी एक महिलाको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका– २ बस्ने ३५ वर्षीया दिव्यादेवी पूर्वे रहेको परिवारजनले जनाएका छन् ।