तनहुँ- तनहुँका एक मुस्लिम युवकको स्वाइन् फ्लुका कारण मृत्यु भएको छ ।
ब्यास–२ डाङ्ग्रेखोल्सी निवासी ४१ वर्षीय युसुफ मियाँको स्वाइन् फ्लुका कारण मुत्यु भएको छिमेकी गोरा मियाँले बताउनुभयो । दुई हप्ताअघिदेखि ज्वरोले थलिएका युसुफलाई गत शनिबार मणिपाल शिक्षण अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि मङ्गलबार हेलिकप्टरबाट ग्रान्डी अस्पताल काठमाडौँ लगिएको थियो ।
ग्राण्डी अस्पतालले थाइल्यान्ड पठाएको रिपोर्टमा समेत ती युवकमा स्वाइन् फ्लु पोजेटिभ देखिएको चिकित्सकलाई उद्धृत गर्दै मृतकका आफन्तले बताए । मृतक ती युवकको शव आफन्तले बुझेर ब्यास–११ स्थित कव्रस्थानमा दहन गरेको बताइएको छ ।






