नायिका गरिमा पन्त युरोपको व्यवसायमा

garimaबेल्जियम- अभिनेत्री गरिमा पन्त बेल्जियमकी स्थायी बासिन्दा हुने भएकी छिन् ।

बेल्जियमका व्यवसायी हरि शर्मा थपलियासँग वैवाहिक जीवन सुरु गर्ने तर्खरमा रहेकी नायिका पन्त उनीहरुको बेल्जियमको ब्रासकाटमा सञ्चालन हुन लागेको सुशी रेस्टुरेन्टको ओपनिङमा देखिएपछि यसको पुष्टि भएको हो ।

विगत चार वर्ष देखिको प्रेम सम्बन्धलाई दाम्पत्य जीवनमा बदल्ने तयारीमा रहेको शर्मा र नायिका पन्तको जोडीले आफ्नो प्रेमसम्बन्धलाई हालसम्म गोप्य राख्दै आएका थिए ।

नायिका पन्तलाई यसबारेमा जिज्ञासा राख्दा हाल व्यवसायिक कारणले बेल्जियममा रहेको र छिट्टै विवाहको औपचारिक जानकारी गराउने बताइन् । शर्मा र पन्त दुबै परिवारले उनीहरुको विवाहको लागि स्वीकृति प्रदान गरिसकेका छन् ।

दुई दर्जन फिल्म खेलेकी गरिमाको फिल्म झोला भने चर्चाको शिखरमा पुग्यो ।