ह्यारीले के गर्दैछन् नेपालमा ?

CYMPh8UWEAAht-v[1]

लन्डन । बेलायती राजकुमार ह्यारीको गत साता नेपाल भ्रमण तय भएपछि नेपाल र नेपालीले व्यग्र प्रतिक्षा गरिरहेका छन् । गोर्खा भनेपछि हुरुक्कै हुने ह्यारी गोर्खाहरुको मातृभूमि पुग्दा के गर्लान् भन्ने चासो धेरैमा छ ।

बेलायती अखवारहरुले जनाए अनुसार, ह्यारीले नेपालमा ट्रेकिङ जाने इच्छा व्यक्त गरेका छन् । दश वर्ष आर्मी अफिसरमा बिताएर गत समरमा मात्र आर्मी छाडेका ह्यारी साहसिक खेलमा बढि रुची राख्छन् । ह्यारी आउंदो वसन्त ऋतुमा नेपाल आउने केन्जिङटन प्यालेसले गत शुक्रबार सार्वजनिक गरेको हो ।

३१ वर्षीय ह्यारीले गत नेपाल जांदा विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाको अवलोकन र पुनर्निर्माण कार्यका भए गरेका प्रगतिबारे समेत बुझ्ने समाचारमा उल्लेख छ ।

सन् २०१६ मा अन्य शाही परिवारको समेत विश्व भ्रमण तय भएका छन् । प्रिन्स विलियम र डचेस् केट मिडल्टनले सन् २०१६ मै पहिलो पटक हिमाली मुलुक भुटान भ्रमण गर्ने भएका छन् ।