जनार्दन घिमिरे
गुल्मी, पुस ३० – गुल्मीमा एक महिलाले एकै पटकमा चार सन्तान जन्माउनु भएको छ । गुल्मी जैसिथोक गाविस-२ रातोपोखरा बस्ने २६ वर्षकी गिता कुँवरले चम्ल्याहा सन्तान जन्माउनु भएको हो ।![char%20bacha[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/char-bacha1.jpg)
उहाँले बिहीबार बिहान पाल्पा स्थीत लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रिया मार्फत बच्चा जन्माउनुभएको हो । जन्मेका चारजना बच्चामा दुई छोरा र दुई छोरीहरु रहेका छन् । एक छोरा र एक छोरीको तौल एक किलो सात सय ग्राम छ भने अन्य दुई बच्चाको तौल एक किलो दुइ सय ग्राम रहेको बताइएको छ । ![char%20bachha%201[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/char-bachha-11.jpg)
चारैजना बच्चाको स्वास्थ्य स्थीति सामान्य रहेको लुम्बिनी मेडिकल कलेज प्रवासकी डा. विनिता थापाले जानकारी दिनु भएको छ । चारैजना बच्चालाई डा. वविता थापा, डा. श्रीयसी अर्याल, डा. दिपक श्रेष्ठ लगायतको टोलीले सफलता पूर्वक अप्रेसन गरेर निकालेका हुन् ।
तम्घास स्थीत रेसुङ्गा हस्पिटलबाट रिफर भएपछि गत दुई महिनादेखि खड्का प्रसुतिका लागि पाल्पाकै हस्पिटलमा बसिरहनुभएको थियो । खड्काले गएको दुई वर्षअघि पनि जुम्ल्याहा सन्तान जन्माउनुभएको थियो तर ती दुवै सन्तानको जन्मनासाथ ज्यान गएको थियो ।






