आज पृथ्वी जयन्ती

prithiviकाठमाडौं- आज २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। विभिन्न कार्यक्रम गरी जनस्तरमा मनाइँदैछ।

लोकतन्त्रको स्थापनापछि गठन भएको तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वी जयन्ती नमनाउने निर्णय गरेर सार्वजनिक विदा कटौटी गरेपनि जनस्तरमा भने मनाउने गरिन्छ।

पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसकै अवसरमा सोमवार सरकारमा रहेको राप्रपा नेपालले चियापान कार्यक्रमको आयोजना गरेको छ।

हरेक वर्ष राष्ट्रिय एकता दिवसकै अबसरमा राप्रपा नेपालले गर्दै आएको चियापान कार्यक्रम यसवर्ष पनि आयोजना गरिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनले सोमवार दिउँसो १ बजेदेखि नेपाल पुलिस क्लबमा सुरु हुने चियापान कार्यक्रममा उपस्थिति हुन सबैलाई आग्रह समेत गरेका छन्।

राप्रपा नेपालका अध्यक्ष एव् उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम समेत रहेको उनले बताए।