काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही पुस २४ गते शुक्रबार बस्ने भएको छ ।
पार्टीको आशन्न १३ औँ महाधिवेशन र देशको पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।
बैठकमा महाधिवेशन सम्पन्न गर्न गठित पार्टीका विभिन्न समितिका कार्यप्रगतिबारेसमेत छलफल हुनेछ ।






