लण्डन । स्वर्गीय पृथ्वीनारायण शाहको २९४ औं जन्मजयन्ती एक विशेष कार्यक्रमको आयोजना गरी लण्डनमा पनि मनाइने भएको छ । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले विगतका वर्षहरुमा जस्तै यसपटक पनि ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ कार्यक्रम गर्न लागेको हो ।
आउंदो जनवरी महिनाको ११ तारिख (पुस २७ गते) सोमबारका लागि कार्यक्रम तय छ । लण्डनको ब्लु अर्किड रेष्टुरेन्टमा मध्यान्ह साढे १२ बजे सुरु हुने कार्यक्रममा सहभागी भई राष्ट्र निर्माताप्रति सम्मान दर्शाउन बेलायतबासी नेपालीहरुलाई आयोजक संगठनका अध्यक्ष भरत क्षेत्रीले आव्हान गरेका छन ।






