लन्डनमा‘चित्र-विचित्र’को छायांकन

लन्डन– हास्य श्रृंखला ‘चित्र विचित्र’को छायांकन लन्डनमा भएको छ । भिजन संसारको प्रस्तुतिमा सनमकुमार बैरागको लेखन तथा आशीष पन्तको निर्देशनमा ‘चित्र विचित्र’को छायांकन भएको हो ।
नोभेम्बर २६ मा लन्डनको सडबरीस्थित तमु समाज यूकेको प्रांगणमा हास्य श्रृंखला ‘चित्र विचित्र’को छायांकन भएको हो । समाजमा मानवको देखिने चित्र एउटा र त्यसले गर्ने चर्तिकला बिचित्र हुने गरेको कथालाई हास्यश्रृंखलामा उतारिएको छ ।
युकेमा सफलता हासिल गरिसकेका दुई नाटक समय दृष्य र जीगिषाका लेखक निर्देशक सनम कुमारले ‘चित्र विचित्र’ले राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरे । उक्त हास्य श्रृंखलामा कलाकारहरु प्रशुना कँडेल, सुरेश श्रेष्ठ, राजदीप राई, निश्चल र पत्रकार शिव भण्डारीको संलग्नता छ । क्रिशमसको समयमा पहिलो श्रृखला भिजन संसार डट कम मार्फत यु ट्यूवमा प्रस्तुत हुनेछ ।