उपाध्यक्षको देवर नाता पर्नेको मृत्युपछि गाउँपालिकामा सार्वजनिक विदा

भैरहवा । मर्चवारी गाउँपालिकाले आज गाउँपालिकामा सार्वजनिक विदा दिएको छ ।

मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा विदा दिइएको हो ।

गाउँपालिका अध्यक्ष गयाप्रसाद वरइद्वारा जारी एउटा सूचनामा विदाको जानकारी दिइएको छ । देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम उल्लेख गरिएको छैन ।

गाउँपालिकाले मृतक प्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिका , सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जनाएको छ ।