भारतको भूकम्पले नेपाल हल्लियो, दुई जनाको मृत्यु

Emfal-earthquakeकाठमाडौं- भारतको मणिपुरमा सोमबार बिहान गएको भूकम्पले नेपालको पूर्वी क्षेत्र हल्लिएको छ । भूकम्पमा दुई जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान चार बजेर ३५ मिनेट जाँदा मणिपुरको इम्फालबाट २९ किलोमिटर टाढा केन्द्र बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा ठूलो धनजनको क्षति भएको अनुमान गरिएपनि सबै विवरण आइसकेको छैन । नवभारत टाइम्सका अनुसार भूकम्पमा परी दुई जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका छन् ।

भूकम्पको झड्का कोलकाता सहरका साथै विहार र झारखण्डमा समेत महसुस भएको थियो ।