राजधानीको व्यस्त सडकमा दिउँसै लुटपाट

काठमाडौं– राजधानीको म्हेपीस्थित व्यस्त सडकबाट ३२ लाख रुपैयाँ लुटिएको छ ।

महारजगन्जस्थित एक बैंकबाट ३२ लाख रुपैयाँ लिएर हिँडेका जग्गा कारोबारी रोशन बोगटीको साथबाट रकम लुटिएको प्रहरीले जनाएको छ ।

बोगटी उक्त रकम लिएर गोंगबुको एक होटलमा जाँदै थिए । कारोबार गर्ने चिनेजानेकै साथीले रकम लुटेको हुनसक्ने प्रहरीको आशंका छ ।