लन्डन । लोकप्रिय गायिका सुनिता दुलाल आगामी ७ जनवरीमा लन्डन आउने भएकी छन् ।
ब्रिटिश गोर्खा नेपाली परिषदले बेलायतका विभिन्न स्थानमा आयोजना गर्न लागेको गोर्खा सांस्कृतिक सांझमा भाग लिन गायिका सुनिता दुलाल लण्डन आउन लागेकी हुन । तीजका गीतहरुमार्फत आफ्नो छुट्टै छबि बनाउन सफल रहेकी सुनिता दुलालको स्टेज कार्यक्रम सफल रहँदै आएको छ ।
यसैगरि गोर्खा सांस्कृतिक सांझका लागि गायिका इन्दिरा जोशी शुक्रबार यूके आइसकेकी छिन् । जोशी र दुलाललाई नेपालबाटै आएका नृत्य निर्देशक गोविन्द राईसहित स्थानीय कलाकारहरुले पनि साथ दिनेछन् ।
गोर्खा कल्चरल नाइटको शो यहि जनवरी ३ मा वेल्स, ८ मा कोल्चेस्टर, ९ मा रेडिंग र १० मा ग्रेसमा कार्यक्रम हुनेछन । त्यस्तै जनवरी १६ मा आसफोर्ड, १७ मा विन्चेस्टर, २३ मा स्वीण्डन, २४ मा लण्डन, २९ मा ननिटन, ३० मा बेजिंगस्टोक र ३१ मा क्याटरिकका लागि कार्यक्रम तय भएका छन ।







