प्राधिकरणको योग्यतामा कानुनी अड्चन

sushil - Copyकाठमाडौं- सरकारले हालै नियुक्त गरेको भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ को योग्यता ऐनले तोकेबमोजिम नपुगेकाले कानुनी अड्चन देखा परेको छ ।

यही पुस ७ गतेको मन्त्रिपरिषदको निर्णयद्वारा नियुक्त भएका प्राधिकरणका सीईओ सुशील ज्ञवालीको योग्यता भूकम्पवाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ११ को उपदफा २ बमोजिम पर्याप्त नभएको हो ।

विधेयकको उक्त दफामा ‘नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा विकास योजनाको विषयमा कम्तीमा स्नाकोत्तर गरी सम्बन्धित विषयमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेका व्यक्तिहरुमध्येबाट नेपाल सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने छ’ भन्ने उल्लेख भएपनि सीईओ ज्ञवाली २०६३ सालमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट अर्वान प्लानिङ मा स्नाकोत्तर गरेको हुँदा स्नाकोत्तर गरेको १५ वर्ष नपुगेकाले उनको योग्यतामाथि कानुनी अड्चन देखा परेको हो ।