संविधानको उल्टो ब्याख्या भयोः उपप्रधानमन्त्री केसी

chitra-bahadur-kc

पर्वत- उप प्रधान एवं गरिबी निवारण तथा सहकारी मन्त्री चित्रबहादुर केसीले संविधानको उल्टो व्याख्या गरेर नेपाली जनतालाई केही दलहरुले गलत सन्देश दिएको बताएका छन् ।

केसीले संविधान जारी गर्नु आफूहरुको बाध्यता रहेको तर त्यही बाध्यताले गर्दा जनताले नाकाबन्दी उपहार पाएको उल्लेख गरे । उनले जुन कारण देश समस्यामा परेको छ सो कुरा जनतालाई बताउन राजनीतिक दलहरु तयार रहनुपर्ने बताउँदै मधेसवादी दलको आन्दोलनको औचित्य नरहेको धारणा राखे ।

नेपालको संविधान, २०७२ को मुख्य उपलब्धि गणतन्त्र र सीमान्तकृत समुदायको अधिकार भएको हुँदा त्यसलाई सबैले समर्थन गर्नुपर्ने उपप्रधानमन्त्री केसीले बताए ।