मोर्चासँगको वार्तालाई कांग्रेसले पनि तीब्रता दिने

sushil koiralaकाठमाडौं– प्रमुख विपक्षी नेपाली कांग्रेसले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तालाई थप तीब्र बनाउने भएको छ ।

शनिबार बिहान सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकले तराई मधेसमा जारी आन्दोलन वार्ताका माध्यमबाट समाधान गर्न मोर्चा र अन्य पक्षसँग छलफल गर्ने तय भएको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

बैठकले सरकारका काम कारबाहीप्रति तीब्र असन्तुष्टि जनाएको छ ।