चीनसँगको ब्यापार सम्झौताले नेपालमा आशा पलायो

kamalकाठमाडौं- भारतीय एकाधिकारलाई तोड्दै नेपाल र चिनियाँ सरकारबीच आठ बुदे दिर्घ कालिन ब्यापारिक सम्झौता भएपछि नेपालमा केही आशा पलाएको छ ।

भारतीय नाकाबन्दीले जर्जर भएको नेपालको आर्थिक समस्याबाट केही राहत हुने अर्थबिद्हरुले समेत बताएका छन् । साताब्यापी चीन भ्रमणमा रहेको परराष्ट्रमन्त्रीसहितको नेपाली टोलीले चीन सरकारसँग दिर्घकालिन आठ बुँदे सहमति गरेपछि इन्धन र ग्याँसको पनि छिट्टै सम्झौता हुने अपेक्षा गरिएको छ ।

इन्धन सम्झौताका लागि शुक्रबार नै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराई आपुर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल बेचिङ पुगिसकेका छन् । इन्धन र ग्याँसको सम्झौता पनि यस पटक सक्ने लक्ष्य नेपाली टोलीले लिएको छ ।

चीनसँगको ब्यापार सम्झौतापछि नेपालको भारततिरको निर्भता कम हुने भएको छ । राजनीतिक अभिष्ट पुरा गर्ने भारतीय सरकारको लक्ष्यमा केही ठेस पुगेको बिश्लेशण गर्न थालिएको छ ।